प्रमुख सेनानी गुरुङ्गको विदाई सेनानी रावलको स्वागत

दार्चुला १० असार : प्रमुख सेनानी सन्तोश गुरुङ्गको आइतबार एक कार्यक्रमका विच विदाई गरिएको छ । दार्चुलाबाट पदोन्नती भएर मध्ये पृतना हेटौडा सरुवा हुनु भएका प्रमुख सेनानी गुरुङ्गको कर्मचारी मिलन केन्द्र दार्चुलाले एक कार्यक्रमका विच विदाई गरेको हो ।
   विदाई समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रमुख सेनानी गुरुङ्ग साहसी र नेतृत्ववान क्षमता भएको व्याक्ति भएको बताउनु भयो । हरेक क्षेत्रमा समन्वय गर्न प्रमख सेनानी गुरुङ्ग अब्बल व्यक्तित्व भएको बताउनु भएको छ । जस्तो सुकै अवस्थामा पनि खटिने स्वाभाव भएको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले प्रमुख सेनानी गुरुङ्गको खुलेर प्रसंसा गर्नु भएको छ ।
   सोही समारोहमा बोल्दै विदाई भएर जानु भएका प्रमुख सेनानी सन्तोश गुरुङ्गले आफ्नो ११ महिने दार्चुला बसाई सुखद र अस्मरणीय रहेको बताउनु भएको छ । जिल्लामा रहदा सबैको राम्रो सहयोग पाएको भन्दै उहाले नयाँ आउनु भएका गुल्मपति लाई पनि सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाले स्थानिय तह र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न आफु सक्रिय भएर लागेको र आफ्ना लागी नयाँ अनुभव भएको बताउनु भएको छ । आफुले जिल्लामा बस्दा हुने सहयोग सबैलाई गरेको उहाले बताउनु भयो ।
   आजै प्रमुख सेनानी गुरुङ्गको ठाउमा नयाँ आउनु भएका गुल्मपति गणेश रावलको स्वागत गरिएको छ । विदाई समारोह कार्यक्रम कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष एवम जिल्ला न्यायाधिवक्ता निरन्जन स्थापितको अध्यक्षता तथा केन्द्रका संरक्षक एवम प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो ।
   जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको कार्यक्रमको संचालन केन्द्रका कोषाध्यक्ष एवम कृषि विकास बंैक दार्चुलका प्रबन्धक सरोेज महर्जनले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

Comments