क्याम्पस ईकाई समिति कैलालीको अध्यक्षमा कार्की चयन

कैलाली पौष २६ गते : नेपाल विद्यार्थी संघ कैलालीले आफ्नो संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । स्ववीयु चुनाव नजिकीन लागे संगै आफनो संगठन विस्तारलाई तिव्रता दिएको हो । बुधवार प्रदेश नम्वर सातको धनगढी उपमहा नगरपालिका कैलालीमा रहेको ऐश्वर्या बहुमुखी क्याम्पसको क्याम्पस ईकाई समिति गठन गरिएको छ । जीवन कार्की अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरेको हो । ऐश्वर्या बहुमुखी क्याम्पसको यसअघिको स्ववियु चुनावबाट सहसचिवमा चयन हुनु भएका कार्की १२ औँ क्याम्पस ईकाई समितिबाट अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष पदका लागी थुप्रै नेपाल विद्यार्थी संघका विद्याथीहरु आकांक्षी देखिएका भए पनि अधिवेशनको बन्दसत्रबाट सहमतीका आधारमा कार्कीलाई अध्यक्षमा चयन गरिएको विद्यार्थी नेता दिपक बुढाथोकीले जानकारी दिए । 

   ऐश्वर्या बहुमुखी क्याम्पसको कार्यसमितिको उपाध्यक्षमा एलिस भण्डारी, गौरव शाही, सचिन ताम्राकार, सचिवमा पंकज खडका, सहसचिवमा भृकुटी जोशी, कमल थापा, महेश महतरा र दिपेन्द्र  साउँद, कोषाध्यक्षमा मञ्जु साह, निर्मला खडका, दिल बहादुर बुढाथोकी र मेनुका विष्ट चयन भएको उनले जानकारी दिए । नेपाल विद्यार्थी संघ क्याम्पस ईकाइ समिति ३१ सदस्यीय भएको उनले जानकारी दिए । समितिको सदस्यहरुमा मञ्जु पाण्डेय, उद्धव लुहार, जीवन खडका, संकर चौधरी, रामजि केसी, युवराज कट्टेल, मोहित शाह, राजेन्द्र विक, कमल उपाध्याय, सुरेन्द्र जोशी, पारस बम, कलपीत शाही, माया बजगाई, दिनेश अवस्थी, गणेश शाही, शुसिल भट्ट, ललित धामी र ममता शर्मा चयन हुनु भएको छ । नेपाल विद्यार्थी संघ कैलालीको १२ औं क्याम्पस ईकाइ समिति चयन कार्यक्रममा जिल्लाका सम्पुर्ण कांग्रेसका नेतहरुको उपस्थीती रहेको थियो ।

Comments