‘सबैलाई खुशी दिन सकेँ !’

 

 

 
 

३० पुस, काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टी प्रतियोगिताहरुमा व्यस्त नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने यतिबेला बंगलादेशमा छन् । आफूले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइरहेको सफलताले सबैलाई खुशी दिन सकेको बताउँदै उनले बिग व्यासपछि अझै आत्मविश्वास बढेको बताएका छन् ।

बंगलादेश प्रिमियर लिगमा सेलेट सिक्सर्सबाट खेलिरहेका उनी अस्ट्रेलियामा भइरहेको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश आएका थिए । इन्डियन प्रिमियर लिगदेखि बंगलादेशको लिग खेल्नसम्म पुग्दा उनले धेरै नै अनुभव बटुलिसकेका छन् ।

Comments