महाकाली नगरपालिकामा १ सय ६४ नयाँ योजना निर्माण हुने

दार्चुला माघ ०२ गते : दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकामा चालु आर्थिक वर्ष २०७६५÷०७६  मा विभिन्न विकास निर्माणका १ सय ६४ वटा नयाँ योजनाहरु निर्माण हुने भएका छन् । नगरपालिकाका ९ वटै वडाहरुमा गरी सो मात्रामा योजनाहरु निर्माण हुने नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो ।  

   नगरपालिकाको वडा नम्बर १ मा १६, वडा नम्बर २ मा २५, वडा नम्बर ३ मा १६ वडा नम्बर ४ मा १४ वडा नम्बर ५ मा ३१ वडा नम्बर ६ मा १५ वडा नम्बर ७ मा १७ वडा नम्बर ८ मा २९ र वडा नम्बर ९ मा १ योजना मात्रै निर्माण हुने उनले जानकारी दिए । वडा नम्बर ९ को कार्यालयले वडाको सबै बजेट सडकमा विनियोजन गरेको उहाले बताउनु भयो ।  
   नयाँ योजनाहरुमा विद्यालय भवन मर्मत, घेर पर्खाल निमाण, घोरेटो बाटो निर्माण, आरसीसी पुल निर्माण, खानेपानी, लघुजल विद्युत निर्माण, पीसीसी बाटो निर्माण मौ¥यौडा मदुरे घोबा निर्माण रहेका छन् । यस्तै सिंचाई शाखा नहर निर्माण, पाइप सिंचाई योजना, मोटर मार्ग निर्माण, विद्यालयमा चौतारो निर्माणका नयाँ योजनाहरुले प्राथमिकता पाएको उहाले जानकारी दिनुभयो ।
   चालु आर्थिक वर्षमा निर्माण हुने नयाँ योजनाहरुका लागी ३ करोड ५२ लाख, २४ हजार ६ सय ४८ रुपैया विनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।  नयाँ योजनाहरुको निर्माणका लागी सबै वडाहरुमा उपभोक्ता समिति गठनको कार्य भैइरहेको उहाले जानकारी दिनुभयो । वडा नम्बर १ का योजना निर्माणका लागी ४५ लाख १८ हजार ६ सय ७५ रुपैया, वडा नम्बर २ का लागी ४५ लाख ३० हजार, वडा नम्बर ३ का लागी ४३ लाख, वडा नम्बर ४ का लागी ५४ लाख रुपैया विनियोजन गरिएको उहाले बताउनु भयो ।  
   यस्तै वडा नम्बर ५ का लागी ५३ लाख, ६ का लागी ४२ लाख ४ हजार १ सय ३३, वडा नम्बर ७ का लागी २९ लाख २० हजार, वडा नम्बर ८ का लागी ३९ लाख १५ हजार र वडा नम्बर ९ का लागी १ लाख ३६ हजार ८ सय ४० रुपैया विनियोजन गरिएको उहाले जानकारी दिनुभयो । 

Comments