सुशासन प्रर्वद्धनमा अग्रसर शैल्यशिखर नगरपालिका

दार्चुला माघ ०७ गते : शैल्यशिखर नगरपालिकाको कार्यालयमा गोकुलेश्वरमा सुशासन प्रर्वद्धन कायम गर्न सुशासन प्रर्वद्धनका आवश्यक औजारहरुको प्रभावकारी कार्यान्वयन भएको छ । नगरपालिकाले सुशासन प्रर्वद्धन तथा सेवाग्राहीहरुलाई सहजता तथा पारदर्शिता, उत्तरदायित्व र सहभागिता अभिवृद्धिको लागी आवश्यक औजारहरुको प्रभावकारी कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ । 

   नगरपालिकाले पछिल्लो नियमित कार्यालय संचालन तथा विधिको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट पाउने अवस्था सृजना गर्न नियमित सुचना जानकारी सार्वजकीकरण,सुचना अधिकारीको व्यवस्था,नागरिक वडा पत्र,गुनासो व्यस्थापनको भरपर्दाे व्यस्था,सुभाव पेटिका तथा प्रविधिको प्रयोगमा प्रभावकारिता बढाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाहले बताएका छन । 
   यसका साथै गत आर्थिक वर्षमा नेपाल पत्रकार महासंघ दार्चुलाको सहजीकरणमा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम समेत निर्धारित समयमै सम्पन्न गरिएका छन यी दुवै कार्यक्रमहरुको प्रतिवेदनको सुझावका आधारमा समेत कार्यालयले औजारहरुको प्रभावकारी प्रयोग गरीरहेको प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनुभयो । स्थानयि समुदायको यर्थाथ सहभागीतामा निष्पक्ष पारदर्शि, समतामूलक, जवाफदेही र जिम्मेवारी पूर्ण ढंगले सार्वजनिक हितका लागि सेवा प्रवाह गर्न नगरपालिका प्रयासरत रहेको नगर प्रमुख अमर सिह धामीले बताउनुभयो ।
   हाल नगरपालिको आर्थिक, सामाजिक, राजनीतिक र प्रशासनिक काम कारबाहीहरुको व्यवस्थापन कसरी भैरहेको छ भनेर अध्ययन गर्न सकिने गरी सुचना व्यवस्थापन गरिएको छ,नगर प्रमुख धामीले भन्नुभयो, नगरपालिकाका सार्वजनिक सरोकारका हरेक निर्णय र कार्य सम्पादन उत्तरदायि, जवाफदेही र पारदर्शी बनाउन विद्यमान ऐन, नियम, नियमावली, कार्र्यिवधि र निर्देशिकाहरुमा भएका नीतिगत प्रावधानहरुको पालनामा नगरपालिका प्रतिबद्ध रहेको छ । यसका साथै नगरपालिकाले सुशासनकै लागी जनप्रतिनिधि तथा कर्मचारी आचारसंहिता, आन्तरिक नियन्त्रण प्रणालीका साथै आम सञ्चारको प्रयोग समेत गरिएको छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता र आफूलाई कानूनतः प्राप्त अख्तियार एवं अधिकारको अक्षरशः पालना, भ्रष्टाचार विरुद्ध सार्वजनिक सुनुवाईका कार्यक्रम संचालन गर्ने,नैतिकता एवं सदाचार प्रवद्र्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, विकास निर्माणमा तोकिएको गुणस्तर कायम गर्न चनाखो रहेको भनाईरहेको छ ।

Comments