पहल कार्यक्रम द्धारा दिगो वन व्यवस्थापन सम्बन्धि उपकरण हस्तान्तरण

दार्चुला माघ १५ गते : दार्चुला जिल्लामा संचालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रबद्र्धन पहल कार्यक्रमले दिगो वन व्यवस्थापनका लागी वन उपभोक्ता समितिलाई विभिन्न १६ वटा औजार तथा उपकरणहरु उपलब्ध गराएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ३ मा रहेको कालीपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोती देवी धामीलाई पहल कार्यक्रमका कार्यक्रम संयोजक कृष्ण ठगुन्नाले औजार हस्तान्त्रण गर्नु भएको हो । 

   सामुदायिक वनको झाडी सरसफाई, एक्ल्याउने, पत्ल्याउने सुकेका काठ तथा रुखहरुलाई काट्ने कार्यमा प्रयोग गरिने १६ वटा औजारहरु हस्तान्त्रण गरिएको पहल कार्यक्रमका प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत रोशना थापाले जानकारी दिनुभयो । वडा नम्बर ३ को १६ हेक्टर क्षेत्रफल रहेको कालीपातल सामुदायिक वनको क्षमता विकास, विधान तथा कार्ययोजना परिमार्जनमा समेत पहल कार्यक्रमले सहयोग गरेको थियो । वितरण गरिएका सामाग्रीहरुमा पेट्रोलबाट चल्ने (पावर चेन सो) लगायत साना तथा ठुला आरी र अन्य औजारहरु रहेका छन् । 

Comments