अध्यक्षको चरित्र हत्या प्रति गाउँपालिकाको ध्यानआकर्षण (गाउँकार्यपालिकाको बैठकमा के–के भएको थियो गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथाकीले पत्रकार सम्मेलनमा यसो भने)


दार्चुला माघ १७ गते : ब्याँस गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सग्राम सिह बिष्टले गाउँपालिका तथा मुलुकको लोकतन्त्रको मर्यादा विपरित गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकीको प्रेस विज्ञप्ती मार्फत सुनियोजित चरित्र हत्या गरेको प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार वडा नम्बर ४ का वडा अध्यक्ष बिष्टले गाउँपालिकाका अध्यक्ष बुढाथोकीले माघ १४ गते बसेको गाउँकार्यपालिकाको बैठकमा आफु माथि हातपात गरेको, मार्ने धम्की दिएको भन्दै नेकपा दार्चुला, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मार्फत प्रेस विज्ञप्ती निकालेका थिए । 
   वडा अध्यक्ष बिष्टबाट भए गरेको अमर्यादित, अव्यवहारीक तथा अलोकतान्त्रिक र गाउँपालिकाको नियमावली तथा कार्यविधि विपरीत गाउँपालिकाका अध्यक्ष समेतको मानमर्दन, लान्छीत तथा आरोपित हुने गरी भएको व्यवहारबाट गाउँपालिका परीवार स्तब्ध भएका छौं गाउँपालिकाको प्रेस विज्ञप्तीमा भनिएको छ । वडा अध्यक्ष बिष्टबाट भएको दुव्र्यवहारलाई सामान्य र क्षणिक सम्झी निर्धक्क पुर्वक गाउँपालिकाको काम कारवाहीमा दत्तचित्त हामीहरु प्रति नियोजित ढंगले, गाउँपालिकाको अध्यक्षले हातपात गरेको, मार्ने धम्की दिएको भन्ने झुटा आरोप लगाई सार्वजनिक सञ्चार माध्यममा प्रकाशित र प्रशारित कपोकल्पित र भ्रामक समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ अध्यक्ष बुढाथोकी द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।


   गाउँपालिकामा तालाबन्दि गर्ने जस्ता अव्यवहारिक अभिव्यक्ति र जातिय तथा सम्प्रदायिक द्धैष फैलाउने अभिव्यक्ति तथा कथनले स्वयम सग्राम सिह बिष्टको पदिय मर्यादा तथा निर्वाचित भएको पार्टीलाई समेत कुनै लाभ नहुने र गाउँकार्यपालिको बैैठकमा भएका आन्तरिक विषयमा थप छलफल र चिन्तन गाउँपालिकामै हुन सक्ने वैधानिक प्रावधान हुँदा हँुदै प्रशासनिक हार गुहारबाट गलत परम्पराको संस्कार अभिवृद्धि हुने हुँदा आइन्दा यस्ता दुस्प्रचार नगर्न नगराउन समेत यहि प्रेस विज्ञप्ती मार्फत निवेदन गर्दछौं, गाउँपालिका द्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । 
गाउँकार्यपालिकाको बैठकमा के–के भएको थियो गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथाकीले पत्रकार सम्मेलनमा यसो भने 
माघ १४ गते गाउँकार्यपालिकाको बैठक १२ बजेबाट सुरु भएको हो । पहिलो चरणमा हामीले ५, ६ वटा निर्णय सर्वसम्मतीबाट पारीत गर्यौ त्यसपछि लन्च व्रेक गर्यौ त्यसपछि एउटा निर्णय बाँकी थियो आएका निवेदन माथि छलफलका लागी, लन्च पश्चात पुन बैठक बसाल्यौ, हामी छलफलमा प्रवेश गर्यौ मैले एजेण्डा प्रस्तुत गरे पश्चात वडा नं ४ का अध्यक्ष सग्राम सिह विष्टको छलफल गर्न मिल्दैन भन्ने अभिव्यक्ति दिनु भयो, उहाले भन्नुभयो गाउँपालिकामा आएका निवेदनमा हामीले छलफल गर्न मिल्दैैन यी निवेदन वडा मार्फत आउनु पर्छ सोझै आउनु हुदैन अन्यथा निवेदनमा छलफल हुनु हुदैन । 
उहाको त्यस्तो अभिव्यक्ति आइसकेपछि कार्यपालिकाका सदस्यमा दुई मत देखीयो एउटाको निवेदन माथि छलफल हुनुपर्छ भन्ने थियो, भने अर्को पक्षको हुनु हुदैन भन्ने थियो । विवादित मत आइसके पछि हामीले बहुमतीय प्रणालीका आधारमा सो निर्णय अगाडि बढायौ जुन निवेदन माथि छलफल हुनु पर्छ भन्नेमा हामीले सो निर्णयलाई अगाडि बढायौँ । सो निर्णय प्रति वडा नं ४ का अध्यक्ष सग्रामा विष्ट ज्यूले आपत्ति जनाउनु भयो । 
   उहाले अमर्यादित शब्द प्रयोग गर्नु भो, साथै उहाले आचार संहिता समेत उल्लंघन गर्नु भो उहाले आक्रोसमा आएर म लगायत कार्यपालिकाका सदस्यहरु प्रति आक्षेप तथा विभिन्न किसिमका धाक धम्की दिनुभयो, यो निवेदनमा छलफल हुन्छ भने हामी कार्यपालिकाको बैठक चल्न दिदैनौ म स्थानिय जनतालाई ल्याएर नारा जुलुश लगाउछु गाउँपालिकामा तालाबन्दि गर्छु, भन्ने जस्ता धम्की देखाउनु भयो । मैले भने ठिक छ आउनुहोस् स्वागत छ, तर विधिवत रुपमा आउनु होला । 


   त्यसपछि उहा बैठकबाट बाहीरीने अर्थात भित्र बाहिर गर्न थाल्नु भयो । माघ १४ गतेको बैठकमा चरीत्र हत्या हुने गरी नियोजीत ढंगबाट आक्षेप तथा आरोप लगाउनु भयो । उहाले सोझै भन्नु भो तपाइले भ्रष्टाचार गर्दै हुनुहुन्छ । फेरी मैले भने कस्ले गर्दै छ  भ्रष्टाचार ? उहाले बडो हिसावले भन्नु भयो तपाइले भ्रष्टाचार गर्दै हुनुहुन्छ । म यो पत्रकार सम्मेलनबाट के भन्न चाहन्छु, भने यदि मैले आफनो कार्यकालमा एक पैसाको पनि अनियमितता गरेको प्रमाणित हुन्छ भने म त्यो बेला नै राजिनामा दिन तयार छु । 
   यस्तो नियोजित ढंगले मेरो चरीत्र हत्या गर्ने षडयन्त्र तथा कार्यपालिकाको बैठक बिथोल्ने किसिमका अभिव्यक्ति आएको हुँदा मैले कुर्सिबाट उठेर सम्मानपुर्वक बैठकबाट बाहिर जानु तपाई भने र बाहिर पठाए, किनकी मेरो दायित्य बैठक शान्त वातावरणमा गर्नु थियो । बैठकबाट बाहिर पठाएको झोकमा उहाले म माथि गाउँपालिकाका अध्यक्षले हातपात गर्यो भनेर आरोप लगाए । बादविवाद भइसकेपछि पुन हामी बस्यौ । एउटा निवेदनमा उहाले आपत्ति जनाउनु भयो । 
   ब्याँस गाउँपालिका वडा नं ४ का पानसिह कुवरको घोरेटो बाटोमा बजेट विनियोजित गरीपाउँ भन्ने बारेको निवेदनमा घोर आपत्ति जनाउनु भयो । त्यस पछि मात्र विवाद शुरु भएको हो । विवाद पश्चाय त्यसपछि मैले केही समय बैठक लाई स्थगित गर्नु पर्यो भनेर केही समयको लागी बैठक स्थगन गर्यौ । उ आफै बरालिएर आफना हात खुट्टा ढोकामा हान्न थाल्यो उहाले भौतिक समानमा क्षति पुर्याउनु भयो । फेरी मैले उहालार्ई बोलाएर स्पष्टीकरण सोधे । 
   किन तपाइले बैठक विथोल्नु भयो ? किन म माथी भ्रष्टाचारको आरोप लगाउनु भयो ? उहाले आफनो प्रतिउत्तरमा यो निवेदनमा छलफल हुनु भनेको नै भ्रष्टाचार हो भन्नु भयो । त्यसपछि आधा घण्टाको लागी बैठक स्थगित गरीयो पुन आधा घण्टा पछि बैैठक संचालन गर्यौ, उहालाई बैठकमा बस्न बारम्बार आग्रह गर्दा पनि उहा बैठकमा बस्नु भएन् । बैठकबाबाट उठेर सदरमुकाम आएर विभिन्न किसिमका आक्षेप तथा झुटा आरोप लगाउनु भयो । 

Comments