​शान्ति सुरक्षा कायम गर्न हाम्रो पनि भुमिका रहन्छ : नगर प्रमुख धामी

दार्चुला माघ २१ गते : समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले नसक्ने शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिह धामीले बताउनु भएको छ । शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलालाई एलइडि टिभि हस्तान्त्रण गर्दै नगर प्रमुख धामीले यस्तो बताउनु भएको हो । समाजमा शान्ति सुरक्षा कायम गरी शान्त र समृद्ध समाज निर्माणका लागी प्रहरीलाई सबैको सहयोग गर्न आवश्यक रहेको उहाको भनाई थियो । ‘प्रहरी हाम्रै दाजु भाई हुन महिला हिंसा तथा विभिन्न अपराधिक किसिमका घट्नाहरुलाई न्युनिकरण गर्न सबैले सहयोग गर्नु पर्छ, उहाले भन्नुभयो ।’ 
   नगर प्रमुख धामीले शैल्यशिखर नगरपालिका भित्र रहेका सबै प्रहरी युनिटहरुमा पनि एलईडि टिभि वितरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बजार क्षेत्रमा हुने विभिन्न किसिमका घट्नाहरुलाई मध्यनजर गर्दै नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजार क्षेत्रमा सिसिटिभि जडान गरेको समेत नगर प्रमुख धामीले सोही कार्यक्रममा जानकारी गराउनु भएको थियो । ‘प्रहरीलाई सहयोग गर्यो भने सबै सुरक्षित हुन्छौं आजै देखी सबैले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गरौं उहाले भन्नुभयो ।’ साथै नगर प्रमुख धामीले अन्य स्थानिय तहहरुले पनि प्रहरीलाई सहयोग गर्नु पर्ने बताउनु भयो । 
   टिभि हस्तान्त्रण कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारीले खुमकान्त आचार्यले शैल्यशिखर नगरपालिकाले प्रहरीलाई टिभि उपलब्ध गराए संगै नयाँ कुराको सुरुवात भएको बताउनु भएको छ । स्थानिय तह र प्रहरी विचको साझेदारीले प्रहरीले सम्पादन गर्ने हरेक कार्य पारदर्शी हुने उहाले बताउनु भयो । टिभि मार्फत प्रहरीले विभिन्न जनचेतना मुलक कार्यक्रम प्रचार प्रसार गर्न सके समाजमा हुने नकरात्मक गतिविधिको न्युनिकरण हुनुका साथै समाजमा शान्ति सुरक्षा कायम हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । प्रहरीको आवश्यकतालाई नगरपालिकाले पुरा गरेकोमा प्रमुख जिल्ला अधिकारी आचार्यले नगरपालिकाका प्रमुख अमर सिह धामीलाई धन्यवाद दिनु भएको छ । ‘स्थानिय तह र प्रहरी विचको सम्बन्ध राम्रो भए शान्ति सुरक्षा कायम हुन्छ, उहाले भन्नुभयो ।’
   शैल्यशिखर नगरपालिकाले ७५ हजार रुपैयाको सिजि कम्पनीको ४९ ईन्च टिभि जिल्ला प्रहरी कार्यालय दार्चुलालाई उपलब्ध गराएको छ । नगर प्रमुख अमर सिह धामीले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक नवराज अधिकारीलाई हस्तान्त्रण गर्नु भएको हो । टिभि बुझ्दै प्रहरी नायव उपरिक्षक अधिकारीले टिभि मार्फत विभिन्न जनचेतना मुलक सन्देशहरु प्रशारण गर्ने बताउनु भएको छ । ‘प्रहरी हेडक्वाटरबाट उपलब्ध जनचेतना मुलक सन्देश टिभिको अभावमा प्रशारण गर्न सकेका थिएनौ, टिभि उपलब्ध भयो, सन्देश प्रशारण गर्छौ उहाले भन्नुभयो ।’ उपलब्ध टिभि जिल्ला प्रहरी कार्यालयको गेट बाहिर राखिने प्रहरी नायव उपरिक्षक अधिकारीले बताउनु भयो । सुरक्षित तवरले टिभि राखेर विभिन्न जनचेतना मुलक सन्देशहरु प्रशारण गरिने उहाले बताउनु भयो । टिभि उपलब्ध भए संगै केहि अपराधिक घट्नाहरु कम हुने अपेक्षा लिएको छ । 
   टिभि हस्तान्त्रण कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर धामी, विभिन्न वडाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति भिम चन्द लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।   

Comments