​भ्यु–टावर निर्माणका लागी सर्वे

(दार्चुला माघ २३ गते) : महाकाली नगरपालिका वडा नम्बर १ छापरीमा चालु आर्थिक वर्ष २०७५÷०७६ मा निर्माण गरिने भ्यु–टावरको सर्वे गरिएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए । जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्राली काठमाण्डौँबाट आएको सर्वेक्षकको टिमले सर्वे गरेको उनले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्यु–टावरको निर्माण गरिन लागेको नगर प्रमुख भट्टले बताए । । भ्यु–टावर निर्माणका लागी चालु आर्थिक वर्षमा ४५ लाख रुपैया विनियोजन गरिएको उनले जानकारी दिए ।
     पर्यटकिय स्थलहरुको विकासका लागी नगरसभाबाट १ करोड ४० लाख रुपैया विनियोजन गरिएकोमा ४५ लाख रुपैया भ्यु–टावर निर्माणका लागी विनियोजन गरिएको उनले बताए । समुद्री सतहबाट लगभग १५ सय मिटर उचाईमा रहेको छापरीबाट दार्चुला जिल्लामा रहेको अपिहिमाल लगायत अन्य हिमालका साथै भारतका हिमाल र विभिन्न बस्तीहरु अवलोकन गर्न पाइन्छ ।
   नगर क्षेत्र भित्र रहेका पर्यटकिय स्थलहरुको विकास गरी आर्थिक रुपमा समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ पर्यटकिय स्थलहरुको विकास गर्ने काम क्रमिक रुपमा भैइरहेको उनको भनाई छ । भ्यु–टावर निर्माण पस्चात आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला आउने संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । भ्यु–टावर संगै पर्यटकलाई लक्षित गर्दै सुविधा सम्पन्न रेष्टुरेन्ट, पार्क लगायत पर्यटकलाई आकर्षण गर्ने विभिन्न खालका अन्य कुराको विकास निर्माण गरिने उनले बताए । साथै सर्वेक्षकहरुको टिमले पय्याँगाडा पार्क छापरी, श्रीबगड–मलेरा–छापरी–कोट–ब–बा सडकको समेत सर्वे गरेको वडा नम्बर १ का वडा अध्यक्ष कल्यान सिह कुवरले जानकारी दिए । उक्त सडकको हाल श्रीबड देखी सिराड सम्म ४ सय मिटर ट्याक खोलिएको उनले बताए । 

Comments