खेलाडीहरुलाई नगर प्रमुख भट्टको शुभकामना प्रथम भएर आउनुस

दार्चुला फागुन ०१ गते : आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै दार्चुला जिल्लाबाट क्षेत्रीय खेलमा सहभागीता जनाउन कञ्चनपुरको महेन्द्रनगर प्रस्थान गरेका दार्चुलाका खेलाडीहरुलाई महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमका विच विदाई गर्नु भएको छ । विदाई कार्यक्रममा नगर प्रमुख भट्टले खेलाडीहरुलाई खेलमा उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थान हासिल गर्न समेत शुभकामना दिनुभएको छ । साथै नगर प्रमुख भट्टले खेलाडीहरुमा संधै अनुसासन हुनु पर्ने बताउनु भएको छ । कराते बक्सिङ्ग जस्ता खेलहरु निकै अनुसासन पुर्वक खेलाइने भन्दै उहाले पुर्ण अनुसासनका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिनु भएको हो । 

   बुधबार त्यसतर्फ प्रस्थान गरेको खेलाडीहरुको टोलीलाई नगर प्रमुख भट्टले विदाई गर्नु भएको थियो । विभिन्न मितिमा हुने विभिन्न खेलहरुमा सहभागिता जनाउन दार्चुला जिल्लाबाट खेलाडीहरुको टोली बुधबार कञ्चनपुरको महेन्द्रनगर प्रस्थान गरेको हो । दार्चुला जिल्लाका ६ जना पुरुष तथा ४ जना महिलाले एथ्लेटिक्स, १२ जनाले हेण्डबल र ५ जना पुरुष तथा ३ जना महिलाले व्याडमिन्टन खेलमा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।   यसैविच यहि फागुन १७ गते देखी २० गते सम्म दार्चुलामा क्षेत्रिय पुरुष भलिवल प्रतियोगिता संचालन गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।   

Comments