शोक प्रस्ताव पारित गर्दै कार्यपालिका बैठक स्थगित

दार्चुला फागुन १८ गते : दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको शनिवार बस्ने भनिएको नगरकार्यपालिकाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको छ । शुक्रबार राती दुहुँ गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने स्थानमा भएको जिप दुर्घटनामा परि ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक प्रस्ताव पारित गरि बैठक स्थगित गरिएको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले बताउनु भयो । 

   शुक्रबार राती जिप दुर्घटनामा परी भएका ११ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ४१ वर्षिय कल्यान सिह बडाल, सोही ठाउँ बस्ने वर्ष १५ की निर्मला बडाल, वर्ष ३८ की परुली देवी धामी, दुहुँ ४ दौला बस्ने वर्ष ५५ की अम्मरा बम, सोही ठाउँ बस्ने वर्ष ७ की आयुषा बम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो । 
   यस्तै दुहुँ १ का २४ वर्षिय धनबहादुर बम, वर्ष ४५ की गोमती देवी बम र वर्ष ७१ की धाना देवी बम र वर्ष ३५ की मानमती भट्ट रहेको उहाले जानकारी दिनुभयो । दुर्घटनामा परी बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नम्बर ६ सित्तडका ६० वर्षिय प्रताप बहादुर चन्द र २१÷२२ वर्षकी उनकी बुहारी स्नेहा बमको समेत मृत्यु भएको उहाले जानकारी दिनुभयो । 
   जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जादै गरेको म १ ज २८० नम्बरको जिप गाउँपालिकाको वडा नम्बर ३ को राताकाठा भन्ने स्थानमा दुर्घटना ग्रस्त भएको प्रहरीले जनाको छ । जिपमा चालक सहित १२ जना सवार रहेको खुल्न आएको छ । जिप घट्ना स्थलबाट ५ सय मिटर तल महाकाली नदि किनारमा खसेको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा परी गम्भिर घाइते भएका जिप चालक दिपक धामीलाई थप उपचारका लागी भारतको पिथौरागढ रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

Comments