नगर उपप्रमुख पालको नेतृत्वमा कृषि समुहको अनुगमन

दार्चुला फागुन २५ गते : दार्चुला जिल्लाको दोस्रो नगरपालिका शैल्यशिखर नगरपालिकाका नगर उपप्रमुख राजमति बम पाल नेतृत्वको टोलीले नगरपालिकाको वडा नम्बर ८ बोहोरीगाउँमा रहेको संर्घषशिल कृषक समुह तथा नेतृज्योती कृषि सहकारी संस्थाको विहीबार सयुक्त अुनगमन गरिएको छ । जिल्लामा संचालित पहल कार्यक्रम द्धारा कृषकहरुलाई सहयोग गरिएका कृषि सामग्री तथा कृषक समुह र सहकारीको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको पहल कार्यक्रमका कार्यक्रम संयोजक कृष्ण सिह ठगुन्नाले जानकारी दिनुभयो । 

                                                                   
   पहल कार्यक्रमले कृषक समुहलाई पोली हाउस तथा सहकारीका पदाधिकारीहरुलाई विभिन्न समयमा क्षमता विकास तालिम, वित्तिय साक्षरता तालिम प्रदान गरेको थियो । कार्यक्रम द्धारा समुहलाई वितरण गरिएका पोली हाउस भित्र अहिले कृषकहरुले प्रसस्त मात्रामा गोलभेडा फलाएका छन् । विगतमा तरकारीका लागी मात्रै सिमित तरकारी खेती गर्ने सो क्षेत्रका कृषक पोली हाउस प्राप्त गरे पछि विक्री गर्नका लागी समेत तरकारी खेती गरिरहेको अनुगमनमा भेट्टीएको छ । 

                                                           
   सहकारीका पदाधिकारीहरुले विभिन्न किसिमका तालिम प्राप्त गरे पछि सहकारीमा पैसा बचत गर्नुका साथै ऋण लिएर विभिन्न पेशा व्यवसाय गरिरहेको भेट्टीएको छ । पहल कार्यक्रमले सहकारीका पदाधिकारीहरुलाई तालिम दिलाए संगै सहकारीको कार्यालय व्यवस्थापन देखी लिएर सबै कुराहरुमा सकारात्मक परिवर्तन आएको देखिन्छ । शैल्यशिखर नगरपालिकाका उपप्रमुख राजमति बम पाल नेतृत्वको अनुगमन टोलीमा नगरपालिकाका योजना अधिकृत भोजराज भट्ट, सामुदायिक ग्रामिण विकास समाज (सिआरडिएस) नेपालका टिम लिडर अशोक ओझा, पहल कार्यक्रमका जिल्ला संयोजक नरहरी ठेकरे, पहल कार्यक्रमका बितिय सेवा अधिकृत  हरि प्रसाद भट्ट लगायत रहनु भएको थियो । 
    

Comments