पाठेघरको जटिल समस्या देखिएका १३ महिला डडेल्धुरा प्रस्थान

दार्चुला चैत्र ०८ गते : दार्चुलाको महाकाली नगरपालिकाका पाठेघरमा जटिल समस्या देखिएका १३ जना महिलाहरु थप उपचारका लागी सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको क्षेत्रिय अस्पताल डडेल्धुरा प्रस्थान गरेका छन् । महाकाली नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत उनिहरुलाई थप उपचारका लागी क्षेत्रिय अस्पताल डडेल्धुरामा आयोजना हुने पाठेघर खसेका महिलाहरुको एक हप्ते शिविरमा सहभागी गराइने महाकाली नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाका प्रमुख प्रेमा बडूले जानकारी दिए । 
   नगरपालिकाको वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुले उनिहरुको पाठेघरको स्के्रनिङ्ग गरी जिल्ला अस्पताल दार्चुलामा रेफर गरेका महिलाहरुलाई जिल्ला अस्पतालले शिविरमा डडेल्धुरा रेफर गरेको नगरपालिकाका स्वास्थ्य उपसंयोजक लालजिरा भट्टले जानकारी दिए । ‘पाठेघरमा जटिल समस्या देखिएका महिलाहरुलाई शिविरमा सहभागी गराई सफल उपचार गरिन्छ, उप संयोजक भट्टले भने’ । 
   महिला लक्षित कार्यक्रम अन्र्तगत विगतका वर्षहरुमा सामान्य कार्यक्रमहरु आयोजना गरी मनाईने भए पनि यस वर्ष भने महाकाली नगरपालिकाले महिलाहरुको जटिल समस्याको पहिचान गरी लक्षित कार्यक्रमको उद्देश्य पुरा गरेको छ । महिला लक्षित कार्यक्रम अन्र्तगत नगरपालिकाले यस वर्ष आयोजना गरेको कार्यक्रम राम्रो रहेको महिलाहरुले प्रतिक्रिया दिएका छन् । पाठेघरमा जटिल समस्या देखिएका १३ जना महिलाहरुको शिविरमा निशुल्क उपचार गरिने उप संयोजक भट्टले बताए ।   
फोटो क्याप्शन ः पाठेघरमा जटिल समस्या देखिएका दार्चुलाको महाकाली नगरपालिकाका महिलाहरु थप उपचारका लागी डडेल्धुराको क्षेत्रिय अस्पताल डडेल्धुरा प्रस्थान । 

 

Comments