प्रतिभा प्रष्फुटनमा जुट्यो नेविसंघ, अतिरीक्त क्रियाकलापमा जोड

दार्चुला वैशाख २६ गते : नेपाल विद्यार्थी संघ यतिबेला विद्यार्थीको प्रतिभा पहिचानमूलक कार्यक्रममा ध्यान केन्द्रित भएको छ । विद्यार्थी हक हितका लागी सधै आवाज उठाउने दार्चुला नेविसंघ यति बेला शैक्षिक अभियानको रुपमा जिल्लाका विभिन्न विद्यालयहरुमा विविध शैक्षिक कार्यक्रम गरीरहेको छ । सोही अनुरुप नेपाल विद्यार्थी संघ लेकम गाउँपालिका समन्वय समितिको आयोजनामा हुनैनाथ मावि रातामाटामा मावि स्तरीय अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
   बिहीबार सम्पन्न भएको प्रतियोगितामा अपि सदन प्रथम, अन्नपूर्ण द्धितिय, सगरमाथा तृतिय तथा सैपाल सदनले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम हुनेमा अपि सदनका पुरषोत्तम पन्त, हरीशा जोशी र जानकी जोशी रहेका छन् । दोश्रो हुने अन्नपूर्णका बासुदेब जोशी, हरीशा ओझा र यमुना जोशी छन् । यस्तै तृतिय स्थान हासील गर्ने सगरमाथाका उमेश जोशी, अनिता जोशी र अबिनाश महर रहेका छन् भने सान्त्वना स्थान पाएको सैपालका रमेश जोशी, लक्ष्मी जोशी र निर्मल जोशी रहेका छन् । प्रतियोगीतामा प्रथम, द्धितिय, तृतियलाई नगद तथा पुरस्कार प्रदान गर्नुको साथै प्रत्येक सहभागीलाई कापी र कलम वितरण गरीएको नेविसंघ गाउपालिका संयोजक शिबराज जोशीले जानकारी दिए ।
प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दै नेविसंघ लेकम गाउँपालिका संयोजक शिबराज जोशीले देशको भविष्य अहिलेका विद्यार्थीहरुसंग गाँसिएको बताउदै अहिलेका बालबालिका        भविष्यका कर्णाधार भएको बताउनु भयो । उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको भन्दै २१ औँ शताब्दीको समयमा गाँउगाउँका विद्यालयहरुमा प्राविधिक कक्षा लागु गर्न जरुरी रहेको उल्लेख गरे । साथै विद्यार्थी हक हितका लागी नेपाल विद्यार्थी संघ सधै लागी पर्ने समेत प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा बोल्दै प्रद्यानाध्यपक श्याम राज जोशीले विद्यार्थीहरु भविष्यको कर्णधार भएको बताउँदै सकारात्मक विचार लिएर अगाडी बढ्न सुझाव दिए । नेपाल विद्यार्थी संघले गरेको यो कार्यक्रम स्वागत योग्य रहेको बताउदै धन्यवाद समेत दिनुभयो । कार्यक्रम हुनैनाथ मावि रातामाटाका प्रद्यानाध्यापक श्याम राज जोशीको अध्यक्षता तथा नेविसंघ लेकम गाउँपालिका संयोजक शिबराज जोशीको प्रमुख आतिथ्यता एवं शिक्षक संघका केन्द्रिय प्रतिनिधि गणेश दत्त अवस्थीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

Comments