१० महिने छोरी जिउदै जलाउने दम्पति प्रहरी नियन्त्रणमा

दार्चुला २७ गते : दार्चुलामा १० महिने शिशुलाई जिउँदै जलाएको आरोपमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं. ५ चुकपानीका स्थानीय नविन विष्ट र उनकी श्रीमती शिला विष्टले आफनी १० महिने छोरी अनुस्का विष्टलाई बिहिवार राति ११ः३० बजेको समयमा खरको थुप्रोमा जिउदैँ जलाएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी नीरिक्षक रविन्द्र कठायतले जानकारी दिनु भयो ।

    दार्चुलाबाट खटिएको हिक्मत सिह बोहराको टोलीले मृतकका आमाबुबालाई नियन्त्रणमा लिई जिप्रका ल्याईसकेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कठायतले बताए । 

Comments