डिभिजन वन अधिकृत पाण्डेको बिदाई

दार्चुला, वैशाख २७ गते : जिल्ला डिभिजन वन कार्यालय दार्चुलाका डिभिजन वन अधिकृत हरिप्रसाद पाण्डेको शुक्रबार बिदाइ गरिएको छ । कर्मचारी मिलन केन्द्र दार्चुलाले एक औपचारीक कार्यक्रमको आयोजना गरि पाण्डेको बिदाइ गेरेको हो ।
    पाण्डे झण्डै आठ महिना डिभिजन वन अधिकृतको जिम्मेवारीमा रहेर उहाको कर्मचारी समायोजन अन्तर्गत संघमा समायोजन भएपछि केन्द्रीय कार्यालयमा सरुवा भएको हो । सरुवा भएर जानुभएका पाण्डेले आफनो दार्चुला बसाइ सुुखद र अविस्मणीय भएको प्रतिक्रृया दिएका छन् ।
    जिल्ला बस्दा सबै सरकारी कार्यालय प्रमुख र जिल्लाबासीको सहयोग पाएको भन्दै दार्चुला बासी सबैलाई धन्यवाद समेत दिएका छन् । उहाको ठाउँमा प्रेमशंकर चौधरी आउनु भएको छ । यस्तै सरुवा भइ आउनु  भएका नवआगन्तुक डिभिजन वन अधिकृत प्रेमशंकर चौधरी, जिल्ला हुलाक अधिकृत दिलिप बहादुर चन्द र प्रहरी निरीक्षक नित्यानन्द ढुगांनाको स्वागत गरिएको छ । 

Comments