सरकारका गलत कामको भण्डाफोर गर्न र जनतामा आश जगाउन जागरण अभियान

दार्चुला वैशाख २७ गते : नेपाली काँग्रेसका नेता राजु खनाले सरकारका गलत कामको भण्डाफोर गर्न र जनतामा आश जगाउन जागरण अभियानको थालनी गरीएको बताएका छन् ।
   बैशाख २५ गते बाट सूरु भएको हिमाल पहाड तराइ मधेश नेपाली काँग्रेस राष्टिय जागरण अभियानका क्रममा दार्चुला पुग्नु भएका नेता खनालले पत्रकाल सम्मेलन मार्फत यस्तो बताएका हुन् । नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने सरकार शान्ती सुरक्षामा चुकेको छ , भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । सरकारले आधारभुत आवश्यकतामा समेत ध्यान दिन नसकेको उहाको भनाइ थियो । नेता खनालले बर्तमान सरकारले आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रेसलाई अंकुश लगाउन खोजेको र सरकारले अन्य संवैधानिक अंगलाई प्रभावमा पार्न खोजेको भन्दै काँग्रेसले यसका विरुद्ध शसक्त ढंगबाट आवाज उठाउने बताए । सरकारको गतिबिधिले मुलुकको संविधाननै खतरामा परेको उहाको भनाइ छ । 
    राष्टिय जागरण अभियानका दौरानका लागि दार्चुला पुग्नु भएका काग्रेस नेता खनालले सरकारका गलत कामको खबरदारी गर्दै जनतामा नयाँ आशा जगाउन देशभरी जागरण अभियान थालिएको बताउनुभयो । साथै जागरण अभियान अन्तर्गत पार्टीलाई सुदृढीकरणका कार्यक्रम गरीने समेत उहाले बताए ।
   अहिलेको दुई तिहाइको कम्प्युनिष्ट सरकार बने यता देशमा भ्रष्टाचार, अनियमितता कालोबजारी मौलाएको भन्दै त्यसका निम्ति भण्डाफोर तथा खबरदारी गर्ने अभियान काँग्रेसले लिएको बताए । जागरण अभियानको रुपमा जिल्लाका नौँ ओटै स्थानीय तहमा कार्यक्रम गरेर स्थानीय सरकारका गतिबिधि र जनताको भावना समेत बुझ्ने उहाँको भनाइ थियो । 
   कांग्रेसको राष्ट्रिय जागरण अभियान तीन चरणमा सञ्चालन हुने नेता खनालले बताए । पहिलो चरणको अभियान वैशाख २५ गतेदेखी सुरु भएको छ । दोस्रो र तेस्रो चरणमा स्थानीय तह र वडासम्मका कार्यक्रम तय गरिने नेता खनालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले पहिलो चरणको १ महिने अभियान अन्तर्गत नौ वटै स्थानिय तहमा कार्यक्रम गरीने बताउनु भयो । साथै त्यसका लागी आफनो जिम्मेवारी पूर्वक पार्टीपंक्ति तथा भातृ संगठनहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रेस युनियन दार्चुलाका उपाध्यक्ष सुन्दरसिह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधी राजु खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहरा, प्रदेशसभा सदस्य नन्दा बम, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव हरकसिँह विष्ट लगायत जिल्ला तहका नेता, कार्यकर्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comments