नेविसंघको अगुवाइमा अतिरिक्त क्रियाकलाप सम्पन्न

दार्चुला, जेठ ०६ गते : नेपाल विद्यार्थी संघ लेकम गाउँपालिकाको आयोजनामा मावि स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । सोमबार लेकम गाउपालिकाको हुनैनाथ मावि कुणीमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता र अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ  । विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई प्रष्फुठित गर्ने उद्धेश्यले नेपाल विद्यार्थी संघ लेकम गाउँपालिकाले विभिन्न विद्यालयमा अतिरिक्त क्रियाकलापलाई जोड दिएको छ । सोही अनुरुप मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता संचालन गरीएको हो । 
   अतिरिक्त क्रियाकलाप अन्तर्गत सोमबार सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा कपिस जोशी प्रथम, प्रतिभा पन्त द्धितिय र गोकुल जोशी तृतिय भएका छन् । सोमबारै सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा सैपाल सदन प्रथम, अपि सदन द्धितिय तथा सगरमाथा सदनले तृतिय स्थान हासिल गरेको छ ।
प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुको साथै प्रत्येक सहभागीलाई शैक्षिक सामग्री बितरण गरीएको नेविसंघ गाउँपालिका संयोजक शिबराज जोशीले जानकारी दिए ।
   कार्यक्रममा बोल्दै विद्यालयका निमित्त प्रद्यानाध्यापक दुर्गा दत्त जोशीले विद्यार्थीको शैक्षिक क्रियाकलाप अन्तर्गत अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको बताउनु भयो । उनले आजको समयमा सैदान्तिक शिक्षा भन्दा पनि व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । यसरी समय समयमा संचालन गरीने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको तार्किक क्षमतामा वृद्धिहुने उहाको भनाइ थियो । साथै उहाले नेविसंघले विद्यालय स्तरमा शैक्षिक कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलापमा जोड दिएको भन्दै यो कार्य सराहनीय भएको बताए । साथै उहाले यस्ता कार्यको निरन्तरताको लागी शुभकामना समेत दिए । 
   कार्यक्रम नेविसंघ लेकम गाउँपालिका संयोजक शिबराज जोशीको अध्यक्षता तथा काँग्रेस युवा नेता आनन्द जोशीको प्रमुख आतिथ्यता एवं हुनैनाथ मावि कुणीका प्रद्यानाध्यापक दुर्गा दत्त जोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

Comments