​जेष्ठ नागरिक जिल्ला संघ गठन

दार्चुला जेठ २० गते : दार्चुला जिल्लामा जेष्ठ नागरिक जिल्ला संघ गठन गरिएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठको उपस्थितिमा जेष्ठ नागरिक जिल्ला संघ गठन गरिएको नव गठित संघका सचिव लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो । जिल्ला भरीका जेष्ठ नागरिकहरुलाई भेला गराई संघ गठन गरिएको उहाले जानकारी दिनुभयो ।  
   महाकाली नगरपालिका वडा नम्बर ५ का स्थानिय जेष्ठ नागरिक अनन्तराम भट्टको अध्यक्षतामा ११ सदस्यीय जेष्ठ नागरिक जिल्ला संघ गठन गरिएको हो । जेष्ठ नागरिकका हक अधिकारका पक्षमा आवाज उठाउन संघ गठन गरिएको  सचिव जोशीले जानकारी दिनुभयो । 
   संघको उपाध्यक्षमा उत्तम बहादुर साउँद, सचिवमा लक्ष्मीदत्त जोशी, कोषाध्यक्षमा गणेशदत्त जोशी, सदस्यहरुमा दयादत्त मिश्र, तारादत्त भट्ट, अन्तराम चुनारा, गोबिन्दवल्लभ बडू, जयानन्द मिश्र, कलावती ठगुन्ना र गौरी बडाल रहनु भएको छ ।    

Comments