४ लाख २० हजारको अवैध समान सशस्त्र प्रहरी द्धारा बरामद

दार्चुला जेठ २७ गते : भारतबाट भञ्सार छली महाकाली नदि माथीबाट तारेर अवैध रुपमा नेपाल भित्र्याउदै गरेको ४ लाख २० हजार बराबरको घोडाबिडी सोमबार राती २ बजे सशस्त्र प्रहरीले बरामद गरेको छ । 
   सशस्त्र प्रहरी बल नेपाल गुल्म ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति भिम बहादुर चन्द नेतृत्वमा खटि गएको मोबाइल गस्ती टोलीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जौलजिवीबाट ४ लाख २० हजार मुल्य पर्ने १ हजार ६ सय ८० बण्डल घोडाबिडी बरामद गरेको गुल्मले जनाएको छ । घोडाबिडीको प्रति बण्डल रु २ सय ५० रुपैया पर्न जान्छ । 


पछिल्लो समय सिमा सुरक्षा तथा अवैध माल समान वसार पसारलाई नियन्त्रण गर्न सक्रिय रुपमा देखिएको सशस्त्र प्रहरी ठुलो परिणाममा अवैध समान बरामद गरेको हो । बरामद गरिएको अवैध समान आवश्यक कारबाहीका लागी छोटी भञ्सार कार्यालय दार्चुलामा बुझाएको गुल्मले जनाएको छ । 

Comments