विद्यालय विद्यालय पुग्दै नेविसंघ, विद्यार्थीको प्रतिभा पहिचानमा जोड

दार्चुला, असार १३ गते : नेपाल विद्यार्थी संघ यतिबेला विद्यार्थीको प्रतिभा पहिचानमूलक कार्यक्रममा ध्यान केन्द्रित भएको छ । विद्यार्थी हक हितका लागी सधै आवाज उठाउने दार्चुला नेविसंघ यति बेला शैक्षिक अभियानको रुपमा जिल्लाका विभिन्न विद्यालयहरुमा विविध शैक्षिक कार्यक्रम गरीरहेको छ । “बहुआयामिक प्रतिभाका लागी नेविसंघ, विकासका लागी नेविसंघ” भन्ने मूल नाराका नेपाल विद्यार्थी संघ लेकम गाउँपालिका र नेविसंघ चौपाता इकाईको आयोजनामा लटिनाथ मावि चौपातामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
   नारी हिंसा अन्त्यका लागी विद्यार्थीको भुमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितमा अडिबाग मावि मौखोलीका छात्रा बबिता जोशी प्रथम भएका छन् । यस्तै लटिनाथ मावि चन्दनपूर चौपाताका दिनेश भट्ट द्धितीय र लटिनाथकै खगेन्द्र विष्ट तृतिय भएको लेकम गाउँपालिका संयोजक शिबराज जोशीले जानकारी दिए । प्रतियोगीतामा प्रथम, द्धितिय तथा  तृतिय हुनेलाई नगद तथा पुरस्कार प्रदान गरिएको जोशीले जानकारी दिए ।
   प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दै नेविसंघ जिल्ला अध्यक्ष रमेश भट्टले देशको भविष्य अहिलेका विद्यार्थीहरुसंग गाँसिएको बताउदै अहिलेका बालबालिका        भविष्यका कर्णाधार भएको बताउनु भयो । उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको भन्दै शिक्षामा नयाँ क्रान्तिको आवश्यकता औल्याउनु भयो । साथै उहाले विद्यार्थी हक र हितका लागी नेपाल विद्यार्थी संघ सधै लागिपर्ने समेत बताए ।
   कार्यक्रम नेविसंघ लेकम गाउँपालिकाका संयोजक शिवराज जोशीको अध्यक्षता तथा नेविसंघ जिल्ला अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता एवं लेकम गाउपालिकाका शिक्षा शाखा संयोजक मोहन देव विष्टको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लटिनाथ माविका प्रद्यानाध्यापक केशब राज विष्ट, मावि तेलिगाउँका प्रअ सुन्द्र धामी, नेपाली काँग्रेस उपसभापति गोपाल बोहरा लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comments