सरकारी वकिल र प्रहरी प्रमुख विद्यालय जान थाले

मंसिर ०४ गते : दार्चुलाका सरकारी वकिल र प्रहरी प्रमुख विभिन्न जनचेतना मुलक कार्यक्रम लगेर विद्यालय जान थालेका छन् । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता गोबिन्द बहादुर चन्द र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपेन्द्र बहादुर शाही समुदाय प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत बाल बिबाह, बहु–बिबाह, साईबर सुरक्षा, र लागु औषध लगायतका विभिन्न विषयका जनचेतना मुलक कार्यक्रम गर्न विद्यालय जान थाल्नु भएको हो ।  यसै क्रममा जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयको सयुक्त आयोजनामा जिल्ला सदरमुकाम खलंगामा रहेको छान्ना तिंकरी कन्या माध्यमिक विद्यालयमा बाल बिबाह, बहु–बिबाह, साईबर सुरक्षा, र लागु औषध लगायतका विषयमा अन्तरक्रिया गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार विद्यालयमा कक्षा ६ देखि १० सम्ममा अध्ययनरत विद्यार्थीहरु र शिक्षक लगायत ३ सय जनाको उपस्थितिमा समुदाय प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत बाल बिबाह, बहु–बिबाह, साईबर सुरक्षा, लागु औषध लगायतका विभिन्न विषयमा कक्षा संचालन तथा अन्तरक्रिया कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । 

Comments