​गुल्मपति विष्टले गरे सुत्केरी ब्यथा लागेकी महिलाको उद्धार

दार्चुला मंसिर ६ गते : सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर  दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले सुत्केरी ब्यथा लागेर सडकमा छटपटाइ रहेकी एक महिलाको उद्धार गर्नु भएको छ । गुल्मपति विष्टले मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीकी २० वर्षिय फुन्नी देवी धामीलाई उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइ पुर्याउनु भएको छ । 

   विहीबारबाट सुत्केरी ब्यथा लागेकी फुन्नीलाई शुक्रबार साझ गुल्मपति विष्टले उद्धार गरी अस्पताल पुर्याएका हुन् । धनगढीबाट दार्चुला आइरहेका गुल्मपति विष्टले सुत्केरी ब्यथा लागेर गाडीको बाटो कुरी रहेकी फुन्नी र उनकी सासु उमादेवी धामीलाई पस्तीबाटै उद्धार गरी अस्पताल ल्याएका हुन् । २० वर्षिय फुन्नीका श्रीमान भारतमा मजदुरी गर्न गएका छन्, भने उनको घरमा सासु र ससुरा मात्रै छन् । गाउँमा रहेको स्वास्थ्य चौकीले फुन्नीको उपचारमा हेलचक्र्याइ गरेको उनकी सासु उमादेवीले गुल्मपति विष्टलाई गुनासो गरेकी छन् । अहिले फुन्नीको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।   

Comments