विप्लवका ६ जना कार्यकर्ता पक्राउ

दार्चुला मंसिर १० गते : नेपालमा प्रतिबन्धित नेकपा (विप्लव) समुहका ६ जना कार्यकर्तालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान उनिहरुलाई विषेश सुचनाका आधारमा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ डडेल्धुराका २२ वर्षिय ललित सार्की, पर्शुराम नगरपालिका वडा नम्बर ५ डडेल्धुराकै २३ वर्षिय गणेश बोहरा, बुङ्गल गाउँपालिका वडा नम्बर ४ बझाङ्गका २९ वर्षिय तिलक कुवर, दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ का १९ वर्षिय धन सिंह धामी, खप्तड छन्ना गाउँपालिका वडा नम्बर ८ बझाङ्गका २५ वर्षिय शुभास जोशी र बुढीगंगा नगरपालिका वडा नम्बर १० बाजुरा २१ वर्षिय दिपक रावत रहेको उहाले बताउनुभयो ।
     सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाबाट खटिएको सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्र, महेन्द्र नमुना मावि र विच बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विप्लव कार्यकर्ताको साथबाट प्रहरीले भारतिय बिस्तारवाद मुर्दाबाद (उईलभ नेपाल), नरेन्द्र मोदी मुर्दाबाद, कालापानी हाम्रो हो, लेखेका पेपरहरु र क्रान्तिकारी विद्यार्थीको झण्डा बरामद गरेको छ । पक्राउ गरिएका ६ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । 

Comments