लिपुलेकमा अनसन बस्न काठमाण्डौं बाट आएका तीन युवा दार्चुला पुगे

दार्चुला मंसिर १२ गते : भारतले मिचेको नेपालको भुमी लिपुलेकमा गएर अनसन बस्न काठमण्डौंबाट आएका तीनजना युवा विहीबार दार्चुला पुगेका छन् । ६ दिन अघि काठमाण्डौंमै अनसन सुरु गरेका उनिहरुलाई प्रहरीले लखेटे पछि लिपुलेक गएर अनसन बस्ने योजना सहित उनिहरु दार्चुला सदरमुकाम आइपुगेका छन् । काठमाण्डौं स्थित भारतिय राजदुतावास अगाडी अनसन बसेका बेला आफुहरुलाई प्रहरीले लखेटेको अनसनरत युवा केएन बस्यालले बताउनुभयो । अनसनरत बस्याल संगै रमित बलामी र सेफर्ड लिम्बु पनि दार्चुला आइपुगेका छन् । भारतले जारी गरेको नयाँ नक्सामा समावेश गरिएका नेपाली भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताका लागि दबाब दिन सीमामै पुगेर आमरण अनसन बस्न दार्चुला आएको अनसनरत युवा केएन बस्यालले बताउनुभयो । अनसनरत बस्यालले विवादित भुमीमै गएर अनसन बस्ने बताउनु भएको छ । अनसनरत बस्यालले दार्चुलाका पत्रकारहरुलाई भेटेर भारतले आफ्नो नक्सामा निकालेको नेपाली भुमी सम्म जाने मार्गबारे जानकारी लिनु भएको छ । केएन बस्यालले कान्तिपुरका जिल्ला संवादाता मनोज बडूलाई भेटेर लिपुलेक सम्म जाने मार्गको बारेमा जानकारी लिनु भएको हो । उहाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले नक्साबाट हटाउनु पर्ने माग सहित आफु अनसनमा बसेको बस्न बताउनुभयो । वर्तमान सरकारलाई नैतिक दवाद दिन पनि आफु अनसनमा बसेको उहाले बताउनुभयो । ६ दिन अघि काठमाण्डौँ बाटै अनसन बसेका बस्यालले आफुले अहिले सम्म पानी समेत नखाएका बताउनु भएको छ ।  

Comments