​भ्रष्टाचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही दार्चुलामा

दार्चुला मंसिर १२ गते : भ्रष्टाचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही दार्चुला आईपुगेका छन् । अभियान्ता शाही सिमाको अवस्थाबारे जानकारी लिन दार्चुला आएका हुन् । अभियान्ता शाहीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार (भोली) सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भोली नै प्रमुख जिल्ला अधिकारी, सुरक्षाका निकायका प्रमुख संग सिमा क्षेत्रको अवस्थाका बारे जानकारी लिने कार्यक्रम रहेको अभियान्ता शाहीले रेडियो दार्चुला एफ एमलाई जानकारी दिएका छन् । साथै उहाले दार्चुलाका नागरिक र खासगरी सिमा क्षेत्रमा बसोबास गर्ने स्थानियलाई भेटेर उनिहरुको धारणा बुझने कार्यक्रम रहेको छ । अभियान्ता शाही सहित २२/२३ जनाको टोली खलंगामा कार्यक्रम गरे पश्चात सिमा क्षेत्र तिर जाने बुझिएको छ । 

Comments